पिबिओटीको (PBOT's) सुस्त सडकहरु/सुरक्षित सडकहरूका लागि पहल बारे प्राय: सोधिने

Information
Image shows a concrete planter at SE 12th and SE Salmon.
पिबिओटीको (PBOT's) सुस्त सडकहरू| सुरक्षित सडकहरूका लागि कसरी पहल गरिनेछ? कोभिड-१९को (Covid-19) सार्वजनिक स्वास्थ्य संकटको समयमा पोर्टल्याण्ड नेबरहुड ग्रिनवे प्रयोगका लागि हाम्रा प्रायःसोधिने प्रश्नहरू र निर्देशनहरू पढ्नुहोस्।

के सडकहरु बन्द भइरहेका छन्?

होइन। पोर्टल्याण्ड ब्यूरो अफ ट्रान्सपोर्टेसन (पिओबिटी) ले कट-थ्रु ट्राफिक प्रतिबन्ध गर्नका लागि पहिल्यै कम ट्राफिक भएका १०० माईल सडकलाई “स्थानीय-मात्रको-पहुँच” मा रुपान्तरण गर्दैछ। यस्ता चिन्ह राखिने सबै १०५ स्थान्हरुको नक्सा यहाँ उपलब्ध छ।


के म अझै पनि आफ्नो  घर वा व्यवसायमा ड्राइभ गरेर जान सक्छु? 

पक्कै पनि! यी कडा रूपमा बन्द छैनन्। अझै पनि आपत्कालीन सवारी साधनहरू सहित आवश्यक परेमा जो कोही पनि तपाईंको सडकबाट ड्राइभ गरेर  भित्र वा बाहिर जान सक्षम हुनेछन्। "स्थानीय-पहुँच-मात्र" भन्नाले यति मात्र हो कि हामीले ती सडकहरू ती व्यक्तिहरूका लागि लागि सिमित गर्दछौं जसको त्यहाँ कुनै लक्षित गन्तव्य छ। 


के पिबिओटी (PBOT) ले थप सडकहरूलाई "स्थानीय पहुँच मात्र" मा परिवर्तन गर्ने विचार गर्दछ?

सुस्त मार्गहरू/ सुरक्षित सडकहरूका  लागि पहलको अंशको रूपमा, पिबिओटी(PBOT)ले अन्य सडकहरूको मूल्याङ्कन गरिरहेको छ जसले गर्दा यो देखिन्छ कि के महामारीको समयमा पोर्टल्याण्ड सुरक्षित रूपम यात्रा गर्न मद्दत गर्न सकछ।  यदि तपाईं कुनै सडकको बारेमा सुझाव दिन चाहनुहुन्छ भने कृपया 503-823-7233मा फोन वा safe@portlandoregon.gov मा इमेल गर्नुहोस्।


यी संकेत र परिवर्तनहरू कस्ता देखिनेछन्?

सडक कति चौडा छ त्यसमा निर्भर हुँदै, पिबिओटी सडकको बिच वा पार्किङ लेनमा ब्यारेल स्थापित गर्नेछ। तिनीहरूलाई क्रसवाकमा राखिने छैन। तिनीहरूमा सवारी चलाउने चालकलाई स्पष्ट सङ्केत हुनेछ जसले वर्तमान "स्थानीय पहुँच मात्र" प्रतिबन्धहरू भएका सडकमा ढिलो गर्न र साझा गर्नका लागि सन्देश पठाउनका सतर्क गर्दछ। 


के म मद्दत वा स्वयंसेवा  गर्न सक्छु?

हो। हाम्रो साझेदार एक्सियोम ईभेन्ट प्रोडक्शन्सले पोर्टल्याण्ड सन्डे पार्कवेज सञ्चालन गर्न मद्दत गर्दछ, एउटा कार्यक्रम विकास गर्दैछ जसले गर्दा समुदायले यी परिवर्तनहरूको एउटा हिस्सा बन्न सक्दछन्। तपाई इच्छुक हुनुहुन्छ भने र उनीहरूलाई जानकारि दिनका लागि सिधै सम्पर्क गर्नुहोस्।


कोभिड-१९ (Covid-19) को बेलामा हामी पोर्टल्याण्डको नेबरहुड ग्रिनवेजको प्रयोग कसरी गर्छौं?

यस सार्वजनिक स्वास्थ्य संकटको समयमा कम यातायातको भएको सडक  हाम्रो नेबरहुड ग्रिनवे नेटवर्कका सडकहरुले पोर्टल्याण्डबासीरूलाई मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्ने धेरै तरिकाहरू प्रदान गर्दछन्। यद्यपि कृपया यो कार्यक्रमलाई सफल बनाउनका  लागि हामी सबैको सहयोग चाहिनछ भन्ने बुझ्नुहोस्। कोरोना भाइरसको फैलावटलाई सुस्त बनाउन र जीवन बचाउन हामी सँगै काम गरौं। 

तपाई बाहिर जानुअघि, कृपया:

  • यदि तपाईं बिरामी हुनुहुन्छ भने घरमा नै बस्नुहोस्। 

  • स्थानीय रुपमा र घरको नजिक रहनुहोस्।

  • मात्र आफ्नो वरिपरि वा आफ्नो घरका सदस्यहरूसँग  नेबरहुड ग्रिनवेजको यात्रा गर्नुहोस्, अरूसँग भेला नगर्नुहोस्।

  • छोटो यात्राका  लागि आवश्यक पर्ने सबै सामानहरू - खाना, पानी, ह्यान्ड सेनिटाइजर अनुहार छोप्ने साधनहरू ल्याउनुहोस्।

  • यदि तपाईंलाई शौचालयको प्रयोग गर्न आवश्यक पर्‍यो भने कहाँ प्रयोग गर्नु हुनेछ भन्ने कुराको योजना बनाउनुहोस्। शहरमा सार्वजनिक शौचालयको पहुँच सीमित छ। 

  • यदि नेबरहुड ग्रिनवेमा भिडभाड भएको देखियो भने, छोड्नुहोस् अर्को समय फेरि आउनुहोस्। 

यदि नेबरहुड ग्रिनवेमा ठाउँ छ भने, कृपया:

  • अरुले नलगाए तापनि तपाई आफ्नो  अनुहार छोप्ने चिज लनाउनुहोस्। घरमा नै बनाइएको भए पनि ठीक छ। 

  • जो मानिसहरू तपाईंको घरका होइनन् उनीहरुबाट कम्तिमा ६ फिट टाढा बस्नुहोस्। अझै अलग रहनु अझै राम्रो हुन्छ।

  • आफूले खोकी गर्दा टिस्यु पेपरले छोप्नुहोस् (त्यसपछि त्यसलाई टाढा फ्याकनुहोस्), वातपाईंको कुहिनो भित्रि भागले छोप्नुहोस्। 

  • कम जोखिम गतिबिधिहरू अपनाउनुहोस्। हाम्रा आपतकालिन प्रतिक्रियाकर्ताहरू र स्वास्थ्य सेवा प्रणाली माथि थप  तनाव नदिनुहोस्। 

  • अरुको सामुन्ने आफ्नो उपस्थिति घोषणा गर्नुहोस् यदि तपाईं तपाईंले उनीहरूकको नजिकबाट जाँदै हुनुहुन्छ भने, र  आवश्यक परेमा अरूलाई पहिले  जान दिन बाटो छोडिदिनुहोस्। 

  • सिडिसी (CDC ) का दिशानिर्देशहरू पालना गर्नुहोस् र नेबरहुड ग्रिनवे, वा कुनै अन्य सार्वजनिक ठाउँमा जानु अघि र फर्किए पछी तपाईं आफ्ना हातहरू धुनुहोस्।


क्षतिग्रस्त  ब्यारेल वा चिन्ह कसरी रिपोर्ट गर्ने?

कृपया हाम्रा ठेकेदारहरूलाई hello@pdxgreenways.com मा इमेल गर्नुहोस् वा  तपाईंको अनुरोधहरु 503- 395-4509 मा पठाउनुहोस्। चौबाटो वा स्थानको नम्बर समावेश गर्नुहोस् (उपकरणमा भएको स्टिकरमा)।